छोरीभन्दा छोरा सर्वश्रेष्ठ मान्ने र सोहीकारण गर्भमै छोरीको हत्या हुने घटना भारतको लागि कुनै नौला होइन । तर छोराको चाहनामा गर्भमै छोरीको हत्या गर्ने मामिलामा भारत मात्रै हैन, चीन पनि उत्तिकै अभिशप्त रहेको खबरहरु प्रकाशमा आएको छ ।
रगतको नमूना हङकङसम्म पुर्याउनका लागि थुप्रै गिरोहहरु सक्रिय रहेका छन् । उनीहरुले यस कार्यमा बुढापाका महिलाहरुदेखि स्कुले छात्राहरुलाई समेत उपयोग गर्ने गरेका छन् । केहीसमयअघि मात्रै पनि त्यस्ता रगतका नमूना लिएर हङकङ जाँदै गरेका थुप्रै स्कुले छात्राहरु पक्राउ परेका थिए । रगतको तस्करी गर्ने ती गिरोहहरुले रगतको प्रतिनमूना १.५ देखि ५ हजारसम्म खर्च गर्ने गर्छन् ।
भनिन्छ, सन् १९७० मा चीनमा एकमात्र बच्चा पाउने नीति लागू भएपछि त्यहाँ लिङ्गभेदले बढावा पाएको हो र त्यहीकारण ठूलो संख्यामा भू्रण हत्या भयो । सन् २०१५ आएर चीनको एउटा मात्र बच्चा पाउने बन्देज हटाइयो । तर त्यसपछि पनि त्यहाँ छोराको चाहनामा भू्रण हत्या हुने क्रम चाहिँ रोकिएन ।
प्रतिक्रिया दिनुहोस