काभ्रे जिल्लाको नमोबुद्द नगरपालिका वडा नं. २ बेला स्थित बि.पि. राजमार्गमा भएको बस दुर्घट्नाको एक घाइतेको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी दिपक गिरीका अनुसार धुलिखेल अस्पताल धुलिखेल ल्याई उपचार हुदा हुदै अं.बर्ष ६५ को नाम थर वतन खुल्न नआएको पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको डिएसपी गिरिले जानकारी दिए ।
त्यसैगरि घाईतेहरु मध्ये निरज कुवर, बिबेक तामाङ र राजु तामाङको थप उपचारको लागि नर्भिक अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस