काठमाडौं । सस्तोमा डलर साट्न खोज्दा एक व्यक्तिको १० लाख रुपैयाँ लुटिएको छ । सुर्खेतको वीरेन्द्रनगर–७ घर भएका एक पुरुषलाई ठेगाना नखुलेका कमल तामाङले ठगेका हुन् ।
पीडितका अनुसार तामाङले उनलाई डलर साट्न भनेर सोमबार दिउँसो कागेश्वरी मनहरा–५, थलीमा बोलाएका थिए । तर, डलर नदिइ नगद लिएर फरार भए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए । उनका अनुसार फरार रहेका व्यक्तिको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस