गोरखा । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य रोहित पन्त पक्राउ परेका छन् । ४९ बर्षका पन्तलाई मंगलवार गोरखा नगरपालिका–६ हरमटारीबाट पक्राउ गरिएको डिएसपी मित्रवन्धु शर्माले बताए ।
पन्तविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालतबाट दश दिनको म्याद थप गरिएको उनले जानकारी दिए । पन्तमाथि स्थानीय स्तरमा चन्दा असुल गर्ने र शान्ति खलबलिने गतिविधि गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस