काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहहरु कामभन्दा लुट्न व्यस्त रहेको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘पैसाले उनीहरुले दुईटा मात्र होइन, तेस्रो नेत्र पछि उघ्रिएको छ । आफूसँग मिल्ने कर्मचारी लिएर गयो, कागजपत्र मिलायो, अनि धमाधम पैसा खायो ।’
कर्मचारीलाई पनि अधिकार मात्र चाहिएको उनले बताए । नियुक्ति, सरुवा बढुवामा घुस’ नेकपा वरिष्ठ नेता नेपालले अघि भने, कर्मचारी संलग्न छन् कि ? नेता संलग्न छन् कि ? मन्त्री संलग्न छन् ? यिनैले सब बिगारेका छन् ।’
प्रतिक्रिया दिनुहोस