२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

उच्च अदालत पुगे महरा


२२५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ५, बिहिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले थुनामा पठाउने आदेशविरुद्ध निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका हुन् ।

    फौजदारी कार्यविधि संहिता–२०७४ मा रहेको व्यवस्था बमोजिम बिहीबार महराले निवेदन दिएको अदालतका सूचना अधिकारी मोहन सुवेदीले बताए । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार होइन भन्न नसकिएको भन्दै उनलाई थुनामा पठाउन आदेश भएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा छन् । महरालाई १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार