२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

नेकपाको समर्थनमा राजमोका खिम विक्रम विजयी


२२२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १६, सोमबार मा प्रकाशित ४ साल अघि
  • बागलुङ । बागलुङ क्षेत्रनम्बर २ (ख)बाट प्रदेशससभा सदस्यमा राष्ट्रिय जनमोर्चा (राजमो)का खिमविक्रम शाही विजयी भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थन प्राप्त शाहीले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई २ हजार ९७ मतअन्तरले हराएका हुन् ।

    प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले ११ हजार २ सय ३५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरचनले ९ हजार १ सय ३८ मत पाएका छन् । २०७४ सालको प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा-राजमो गठवन्धनबाट राजमोका टेकबहादुर घर्तीले ११ हजार ८८४ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला पनि कांग्रेसबाट जीतबहादुर शेरचन नै चुनाव लडेका थिए । उनले ८ हजार ६२४ मत ल्याएका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार