२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

प्रचण्डको अध्यक्षतामा आज नेकपाको सचिवालय बैठक बस्दै


२४०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १८, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक सचिवालय बैठक आह्वान गरेका हुन्।  प्रचण्डले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको सहमति लिएर सचिवालय बैठक बोलाएको नेकपाले जनाएको छ।

    दुई अध्यक्षबीच ओलीले सरकार र दाहालले पार्टी हाक्ने सहमति भएपछि दाहालले आज बैठक आह्वान गरेका हुन्। बैठक बिहान ९ बजे पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बस्ने प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा पार्टी एकताको कार्यभार, प्रधानमन्त्री तथा अध्यक्ष ओलीको स्वास्थ, उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल हुनेछ।  साथै आगामी बैठकका एजेन्डा पनि तय गर्ने प्रचण्डको सचिवालयले जनाएको छ। दाहालले यसअघि पार्टी एकताको १८ महिनाको बीचमा एक पटकमात्र पार्टी बैठकको अध्यक्षता गर्न पाएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु