२ पुस, सल्यान । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका जिल्ला नेता पदमबहादुर केसी पक्राउ परेका छन् । जिल्लाबाट खटिएको सुरक्षा टोलीले मंगलबार दार्मा गाउँपालिका–५, भगेँरी खोलाबाट जिल्ला समिति सदस्य पदमबहादुर केसीलाई पक्राउ गरेको हो ।
उनको साथबाट विप्लव समूहको पार्टी सदस्यता नवीकरण फारम २१ वटा, विधान २०६९, नेकपाको सांगठनिक प्रस्ताव, राजनीतिक प्रतिवेदन र घोषणा पत्र बरामद गरेको प्रहरीले जनाएको छ । विष्फोटक पदार्थ बरामद गर्ने क्रममा नेपाली सेनाको टोली पनि पुगेको थियो ।पक्राउ परेका केसी र बरामद सागम्रीलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सल्यान, खलंगा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस