३ पुस, काठमाडौं । प्रहरीलाई १० हजार घुसदिन खोजेको आरोपमा एक जना व्यक्ति सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको वाग्मती नगरपालिका-८ सोल्टी बजार बस्ने श्यामकुमार श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई नियन्त्रणमा लिएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उक्त रकमसहित दाखिला गरिएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस