२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

वडा अध्यक्षले दुइ लाख घुसको अभियोगमा झ्याप


२९४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ४, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको छ ।

    आयोगको बुटवल कार्यालयको टोलीले वडाध्यक्ष मगरलाई बिहीबार उनकै वडामा रहेको होली चाइल्ड स्कुल नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

    सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि बिनारसिद २ लाख लिएको र रसिद माग्दा नदिएको भन्ने निवेदनका आधारमा नियन्त्रणमा लिइएको कोइरालाले बताए।

    वडाध्यक्ष मगरसँग मिलेमतो गरेको आरोपमा लेखनदास रवीन्द्रप्रसाद यादवलाई पनि नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ। यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिएइको हो । उनीहरुमाथि अनुसन्धान भइरहेकोप्रवक्ताकोइरालाले बताए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु