काठमाडौँ — समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । औपचारिक निर्णय आजै बस्ने संसदीय दलले गर्ने भए पनि पार्टीको पदाधिकारी बैठकले सरकारले छोड्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् विस्तारको केही समयमा नै पार्टीले सरकार छोड्ने निर्णय गर्नुमा सोमबारको मन्त्रिपरिषद् बैठकमा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई मुख्य कारण मानिएको छ।
यादवले संविधानमा रहेको अस्पष्टता र अपूर्णता पूरा गर्नका लागि अब संविधान संशोधनको समय भएको भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए। यो प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि पार्टी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो। यसका अलावा राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि सत्तारुढ नेकपाले अर्को मधेसवादी दल राजपासँग सहकार्य गर्ने सहमति गरेलगत्तै समाजवादी सिंहदरबारबाट बाहिरिने अनुमान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस