२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

कृषि नगरीमा कृषकलाई हाते ट्याक्टर बितरण


२९५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पलाञ्चोक/ पाँचखाल नगरपालिका र नगरको वडा नं ९ को संयुक्त सहयोगमा पलाञ्चोकमा २५ हाते ट्रयाक्टर वितरण गरिएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ९ को प्राङणमा भएको कार्यक्रममा एक कार्यक्रमका विच नगर प्रमुख महेश खरेलले स्थानीय कृषकहरुलाई ट्रयाक्टर वितरण गर्नुभयो । ५ जनाको एउटा समूह बनाएर वितरण गरिएको ट्रयाक्टरले १ सय कृषक परिवारलाई समेट्ने वडा अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो । ५० प्रतिशत अनुदानमा कृषकले २० हजार ५ सय मात्र तिर्ने गरी उपलब्ध गराईएको उहाँको भनाई छ ।

    ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरका प्रमुख महेश खरेलले नगरले पवित्र उदेश्यले वितरण गरेको सामाग्रीको दुरुपयोग नगरी प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुदानमा पाएको भनेर दुरुपयोग नगरी कृषिलाई आधुनिक सँग जोडेर उत्पादन बढाउन प्रयोग गर्न अनुरोध समेत गर्नुभयो । समूहहरुले पाएपनि बुढाबुढी, अशक्तहरुलाई निशुल्क रुपमा सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

    वडा नं ९ ले यस अघि पनि २७ वटा हाते ट्रयाक्टर वितरण गरेको थियो । नगरपालिकामा वडा नं ६ ले पनि यस अघि हाते ट्रयाक्टर वितरण ग¥यो भने वडा नं ४ मा पनि हाते ट्रयाक्टर वितरण गर्ने तयारीमा लागेको पाँचखाल नगरका प्रमुख प्रशाशकिय अधिकृत लोकनारायण भण्डारीले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार