२१ पुस, चितवन । पूर्वीचितवनमा वन मौरीले चिलेर १ महिलाको ज्यान गएको छ ।रत्ननगर नगरपालिका– ९, बेलटाँडीकी ७६ वर्षीया ठगिया थरुनीको मौरीको टोकाइबाट ज्यान गएको हो ।
घरमै बसिरहेकी थरुनीलाई मौरीले टोकेपछि उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । त्यही उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस