२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

गरिवमारा प्रवित्तिलाई सहकारीले ठेगान लगायो- बमध्वज


३९२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २३, बुधबार मा प्रकाशित ४ साल अघि
  • तेमाल/प्रतिनिधी सभा सदस्य माननीय गंगा बहादुर दोङ (बमध्वज) ले गाउँ गाउँमा संञ्चालन भएको सहकारीहरुले गर्दा ग्रामिणभेगमा बसोवास गर्ने जनताहरुको हितमा कार्य भएको बताउनु भयो ।

    छारह्युल कृषि सहकारी संस्था लि.को नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै माननिय दोङले उक्त धारना राख्नुभएको थियो । तेमाल गाउँपालिका वडा नं ९ मा सम्पन्न भएको उक्त कार्यक्रममा उहँले थप्नुभयो “विगतमा गाँउमा रहेका केही धनाढ्यले ६० प्रतिशत सम्म व्याज असुल्ने मात्रै नभएर ठेकी काट्ने गुहारे लिने जस्ता गरिवको घाँटि निमोठ्दै उठिबास लगाए ।” “त्यस्ता गरिव मारा प्रबित्तिको बारेमा हामीले आवाज उठायौं, तरपनि निमिट्यान्न हुन सकेको थिएन, पछिल्लो समयमा सहकारीको कारण त्यस्ता धनाढ्य पाखा लागे ।”

    कार्यक्रमका प्रमुख अतिथि माननिय दोङले समाजमा राम्रो शंन्देस दिने सहकारीको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । छार ह्युल सहकारीले गर्दा समाजको चेतनामा बिकास भएको छ, जसले गर्दा साना साना पुँजिलाई संकलन गर्दै ठुलाठुला गर्जो टार्न सहज भएको बताउनु भयो । सहकारीले कृषकहरुको हितको लागि विभिन्न कार्य गर्दै सहुलिएतमा प्रदान गरिने ऋणले थप सहज भएको बताउनु भयो ।

    संस्थाका अध्यक्ष सुरेश कुमार दोङको सभापतित्वमा भएको उक्त अधिवेशबाट पुन सुरेश कुमार दोङको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्ष टेक बहादुर थोकर, सचिव सुर्य बहादुर लामा, कोषाध्यक्षमा टेक बहादुुर दोङ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा हस्त बहादुर तामाङ, सरु घिसिङ, कुमारी तामाङ, देवराज लामा चयन हुनु भएको छ । लेखा समितिको संयोजकमा निङमार लामा, सदस्यमा बलिमान थोकर, जगत लाल तामाङ रहनु भएको छ ।

    कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाको अध्यक्ष सुरेश कुमार दोङ र आर्थिक प्रतिवेदन सुर्य बहादुर लामाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष चन्द्र बहादुर दोङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट बाल बचतमा अभिय तामाङ, उत्कृट बचतकर्ता पुरुष तर्फबाट धर्म सिं तामाङ, महिला तर्फबाट चरी माया तामाङ, असल ऋणीकर्ता जय बहादुर तामाङ, उत्कृष्ट कृषक पञ्चमाया तामाङ लाई सम्मान गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु