२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

कपिलवस्तुमा जनमत पार्टीकाे आमशभा सम्पन्न : अध्यक्ष राउत


३४४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १५, बुधबार मा प्रकाशित ४ साल अघि
  •  

    धीरज काेरी

    कपिलवस्तु,१५ माघ कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलहवामा जनमत पार्टीको अाम सभा कार्यक्रम सम्पन्न भएको छ।

    श्री बुद्ध पद्मम माध्यमिक विद्यालय काे खेलमैदान मा जनमत पार्टी कपिलवस्तु जिल्ला अध्यक्ष याेज्ञेन्द्र चाैधरीकाे अध्यक्षता मा सम्पन्न भएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सि.के राउत(चन्द्र कान्त राउत ) काे प्रमुख अथिती अध्यक्ष राउत माेम बत्ती बालेर कार्यक्रम काे उद्घाटन गरेका थिए।

    कार्यक्रममा बाेल्दै अध्यक्ष राउत जनमत पार्टी भनेकाे जनताहरुकाे दुख र पिडालाई कम गर्न काे लागि याे पार्टीको निर्माण वा उत्पादन भएको बताए अनि मधेस जनता हरु हक अधिकार हरु काे बारेमा कुनै पार्टी ले चासाे नराखेको भन्नू भयो । सुखी मधेस समृद्ध मधेस बनाउन काे लागि र युवा हरुलाई विदेश जना बाट राेक्न अनि मधेसमै राेजगार दिने यसकाे मुख्य उद्देश रहेको बताए । मधेस मा पहिले देखि विभेद हुँदै अाएकाे पाइन्छ । कार्यक्रममा जय मधेस, स्वतन्त्र मधेस , जय स्वाराज जस्ता नारा हरु सहभागी हरु लागिएको थिए । साे कार्यक्रममा महाराजगन्ज नगरपालिका ,कृष्णनगरपालिका , शिवराज नगरपालिका , कपिलवस्तु नगरपालिका ,मायादेवी गाउपालिका ,शुद्धाेधन गाउपालिका र विजयनगर गाउपालिका बाट व्यक्तिहरुकाे उपस्थिति रहेको थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु