विराटनगर । मोरङमा भएको सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । शनिबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई को १ ख ७३०९ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरु घाइते भएका थिए । मोटरसाइकलमा तीन जना सवार थिए । घाइते अवस्थाका तीनै जनालाई कोशी अञ्चल अस्पताल पठाइएको थियो । दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । सप्तरी रुपनीका १८ वर्षीय धनराज यादवको उपचार भइरहेको छ । उनको खुट्टा भाच्चीएको छ ।
त्यसैगरी मोरङको सुन्दरहरैचामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा शुक्रबार राति ११ः५५ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । को ३७ प १७ नम्बर र तीन जना सवार रहेको को ३४ प ६६०२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सलकपुरका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईंको घटनास्थलमै मृत्यु भएको थियो । दुबै जना मोटरसाइकल चालक हुन् ।
दुर्घटनामा को ३४ प ६६०२ नम्बरको मोटरसाइकलमा सवार सलकपुरका २१ वर्षीय प्रदीप थापा र संखुवासभाको चैनपुर नगरपालिका–३ का २० वर्षीय लक्ष्मण खत्री घाइते छन् । उनीहरुको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस