काभ्रे । शनिवार पाँचखालमा भू.पू सैनिक संघको भेला सम्पन्न भएको थियो । पाँचखाल नगरका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यता साथै भू.पू सैनिक संघ केन्द्रिय सदस्य दिपक भण्डारी, काभ्रे जिल्लाका सभापति इन्द्र वहादुर दाहाल, सचिव राजु सिग्देल लगाएतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
भेलाबाट श्याम कुमार दनुवारको अध्यक्षतामा ९ सदश्यीय पाँचखाल नगर स्तरिय तदर्थ समिति गठन भएको थियो । जसमध्य सदस्य रहेका भिम वहादुर पन्तले आफु अन्जानमा भेलामा गएको र सदस्यामा रहेको भन्दै विज्ञप्ति जारी गरी सदस्यमा नरहने जनाएका छन् ।
आफु विगत लामो समयदेखि नेकपामा रही नेकपाको पाटी सदस्य रहेकोले भू.पू. सैनिक संघको तदर्थ समितिमा नरहने जनाएका छन् । भू.पू सैनिकहरुको हक हितको खातिर भेला भएको महसुस गरी भेलामा गएको तर सो भेला नेपाली काँगे्रस निकटको रहेको संघको रहेको जानकारी भएबाट बाहिरेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस