२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

पाँचखालमा निःशुल्क विद्युत मिटर वितरण


२२५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । नेपाल बिद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले अति विपन्न बर्गहरुलाई निःशुल्क विद्युत मिटर बितरण गरेको छ । बितरण केन्द्रले एक कार्यक्रमको आयोजना गरी मिटर वितरण कार्य सम्पन्न गरेको हो ।

    केन्द्रका प्रमुख मेघनाथ ढकालले मिटर वितरण कार्यमा विपन्न बर्गलाई निःशुल्का रुपमा मिटर उपलब्ध गराउने प्राधिकरणको नीति अनुसार कार्य गरेको बताउनु भयो । आर्थिक अभावका कारण मिटर खरिद गर्न नसक्ने र जसको कारण वीजुलीको सुबिधाबाट बच्चित हुन नपरोस भन्ने उद्देश्यले मिटर उपलब्ध गराएको बताउनु भयो ।

    कार्यक्रममा स्वागत मन्तव्य सहित निःशुल्क मिटर वितरणको उद्देश्यको वारेमा ईन्जिनिएर दिपक लामिछानेले प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो पाँचखाल वितरण केन्द्र मार्फत बितरण भएको विद्युतलाई व्यवस्थित गर्दै सेवाग्राहीहरुको समस्यालाई मध्यनजर राख्दै कुनैपनि प्रकारको समस्या आउन नदिने ढंगबाट प्राधिकरण अगाडी बढेको बताउनुभयो ।

    चिरन्जिवि ढुंगानबाट सञ्चालन गरेको उक्त कार्यक्रममा पहिलो चरणमा ३० जनालाई निःशुल्क मिटर उपलब्ध गराईएको थियो । उक्त कार्यक्रममा पाँचखाल वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल र वडा नं १३ का वडा अध्यक्ष सुकु विर तामाङको उपस्थिति रहेको थियो ।

    पाँचखाल वितरण केन्द्रले पाँचखाल र आसपासको क्षेत्रमा नियमित ढंगबाट विद्युत उपलब्ध गराउनको लागि झाडी सुधार, थोत्रा पोलहरु परिवर्तन लगाएतको कार्यलाई तिब्र ढंगबाट कार्य गर्दै आएको छ । जसको कारण सेवाग्राहिहरुले नियमित रुपमा विद्युत उपभोग गर्न पाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार