पोखरा । कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला मास्कमा कालोबजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको छ । औषधी पसलहरुले दोब्बर, तेब्बर मूल्यमा मास्क बेचिरहेको गुनासोपछि बजार अनुगमन भएको थियो ।
गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्कमा कालोबजारी गरेको भेटिएको हो । त्यस्ता २ मेडिकलमा अनुगमन टोलीले ताला लगाएको छ । महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अघिल्तिरको परी औषधी पसलमा ताला लगाएको छ ।
प्रतिक्रिया दिनुहोस