२७ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा एक जना व्यक्तिमाथि तेजाब प्रहार भएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले घाइते २४ वर्षीय रामराजा थापाका श्रीमती प्रतिमालाई पक्राउ गरेको छ ।
घरमा उनकी श्रीमती प्रतिमा र ३ महिनाका बच्चा मात्र थिए । कोठामा बियरको बोतलमा तेजाब राखिएको पाइएको प्रहरीले जनाएको छ । थापाले पनि प्रतिमाले तेजाब हानेको बताएका छन् । उनको मुख र हातमा तेजाब लागेको छ । अहिले उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । प्रहरीका अनुसार थापा दम्पत्तिबीच पटकपटक विवाद हुँदै आएको पाइएको छ ।
प्रतिमा श्रीमान भन्दा ३ वर्ष जेठी हुन्, उनी एक होटलमा काम गर्दै आएकी छन् । रामराजा भने सवारी चालक हुन् । प्रतिमाको यो दोस्रो विवाद भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस