डोटी जिल्ला सदरमुकाममा रहेको भीमसेन मन्दिरमा चोरी भएको छ । दिपायल सिलगढी नगरपालिका–६ मा रहेको भीमसेन मन्दिरको ढोका फोडेर चाँदीका छत्रीहरु चोरी भएको स्थानीय गोविन्दप्रसाद श्रेष्ठले बताएका छन् । मन्दिरमा चोरी कतिबेला भयो भन्ने यकिन नभएपनि गएराति चोरी भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबासीहरुले मन्दिरमा चोरी भएको जानकारी गराएपछि प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको टोली घटनास्थल पुगेर प्रारम्भिक सोधपुछ गरेको छ ।केही दिन अघि उक्त मन्दिरबाट बली हाल्ने खुँडा चोरी भएको थियो ।
प्रतिक्रिया दिनुहोस