नवलपरासी — संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसकाे जोखिमबाट बच्नलाई सरकारले विभिन्न घोषणाहरु गरिरहेका बेला सांसद विनोद चौधरी भने शनिबार शाश्वतधाम नवलपरासीमा आयोजित पुजामा सहभागी भए ।
दुम्कौलीस्थित शाश्वतधाम मन्दिरमा आयोजना गरिएको यो पुजा र हवन कोरोना भाइरस निर्मूल पार्न भन्दै गरिएको थियो । पूजामा उद्योगपति एवं सांसद चौधरी परिवारसहित सहभागी थिए।
प्रतिक्रिया दिनुहोस