२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

कोरोना लगायत सरुवा रोग निर्मुल गर्न दमकल प्रयोग


३८७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे/पाँचखाल नगरपालिकाले आफ्नो नगरमा कुनैपनि प्रकारको सरुवा रोग निर्मुलको लागि दमकल मार्फत बिषद स्पे्रयर सुरु गरेको छ । आज (मंगलबार) बाट सुरुगरेको अभियान सुरुमा प्रमुख व्यापारिक केन्द्र हुदै बस्तिका टोल टोल सम्म पुग्ने भएको छ ।

    विश्वमा कोरोना भाईरसको महाँमारि चलिरहेको समयमा पाँचखालले अभियान चालि ल्कोरिनेसन (डिसइन्फेक्टेन्ट) बिषदीको स्पे्रयर गरेको छ जसको कारण कोरोना भाईरस, डेंगु लगाएतको सरुवा रोगको नियन्त्रण हुने भएको छ । सुरुवातिको समयमा चार सय किलो ल्कोरिनेसन खरिद गरी डब्लु.एम.ओको मापदण्ड अनुसार स्पे्रयर सुरु गरेको छ ।
    कोरोना भाईरस, डेंगु रोग साथै अन्य सरुवारोगहरु समेत नियन्त्रण गर्ने उद्देश्यले उक्त अभियान संञ्चालन गरेको नगरमा मेयर महेश खरेलले बताउनु भयो ।

    मेयर खरेलका अनुसार नगरवासिहरुको शुरक्षा साथै हौसला दिनको लागि उक्त स्पे्रयरको सुरुवात गरेका हौं । मेयर खरेलले भन्नुभयो लकडाउन हुनु भन्दा अगाडीको समयमा वजार क्षेत्रमा भएको भिडभाडमा थुक ¥याल सिगान तथा फोहोरका कारण उत्पन्न भएको भाईरसहरुलाई नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरेको अभियान नगरका सम्पुर्ण बजारी क्षेत्र हुदै टोलटोल सम्म पुग्ने बताउनु भयो ।

    पाँचखाल नगर स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीका अनुसार नगरवासिहरुलाई सकारात्मक शंदेस दिन साथै विगतमा बजार क्षेत्रमा भिडभाडको कारण थुक,सिंगान तथा अन्य फोहोरको कारण बिभिन्न सरुवा रोगको भाईरस हुन सक्ने शंकाको कारण ल्कोरिनेसन बिषादी स्पे्रयर सुरु गरेको बताउनु भयो । उहाँले थप्नुभयो बिषादी स्पे्रयर गर्दैमा पुर्ण शुरक्षीत हुन सक्दैन कोरोनाबाट शुरक्षीत रहनको लागि घरभित्रै बस्नुपर्ने बताउनु भयो ।

    उक्त अभियानमा प्रमुख प्रशसकीय अधिकृत लोक बहादुर भण्डारी, वडा अध्यक्षहरु सन्जय तामाङ, अष्ठ बहादुर तामङ,सुन्दर अधिकारी, सुन्दर तामाङ, समजसेवि कुमार लामिछने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, नगरपालिका कर्मचारीहरु ,नेपाल प्रहरी,सशस्त्र प्रहरी लगाएतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार