चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने १८ वर्षीय सनिल लामा रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारको गोताखाेरसहितको टोलीले भरतपुर महानगरपालिका-१ जोरकुसुम पार्क नजिकै नारायणी नदिबाट उनको शव शनिबार बाहिर निकालेको हो ।
प्रतिक्रिया दिनुहोस