२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

बाटो बन्द छ, कुकुरलाई नियम लागु नहुन सक्छ, स्थानीय युवाहरूको सकृयतामा आवतजातमा रोक


३५६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • दावा फिञ्चु लामा
    तेमाल । कोरोना संक्रमण रोकथामको लागि नेपाल सरकारले लागू गरेको लकडाउन पूर्णरुपमा पालना गर्न काभ्रेको तेमाल गाउँ पालिकाका युवाहरुले सकृयता देखाएका छन् ।

    प्रहरी प्रशासनले खासै कडाई गर्न नसक्दा कोरोना रोगको संक्रमण फैलने डरले स्थानियहरु नै सक्रिय ढंगले अघि बढेका छन् । तेमाल गाउँपालिका वडा नं ५ मा गाउँ प्रवेश गर्ने प्राय मुख्य नाकाहरुमा ढुंगा, मुडा, बार लगाई लकडाउनको स्लोगन सहित बाटो बन्द गरेका हुन् ।

    देशमा दिनानुदिन कोरोनाको सन्त्रास बढेपछि आफू र आफ्नो गाउँ बचाउ अभियानका लागि गाउँमा आवतजावत कम गर्न बाटो बन्द गर्नुपर्ने तेमाल गाउँ पालिका वडा नम्बर ५ कोकाम का युवाहरुले बताएका छन् । उनीहरूले बाटोमा ढुंगा मुडा राख्नुको साथै “बाटो बन्द छ, प्रवेश निशेध छ, कुकुरलाई नियम लागू छैन“ जस्ता लेखेर बाटो बन्द गरेका छन् ।
    संक्रमणको बेलामा सरकारको मात्र मुख ताकेर हुदैन हामी स्वयंले सावधानी अपनाउनुपर्छ । कोकामका स्थानीय युवाहरुले बताएका छन् । उनीहरुका भनाइ अनुसार अत्यावश्यक काम र एम्बुलेन्सको लागि बाटो अवरुद्ध गर्ने छैन । यसअघि जिल्ला प्रशासन कार्यालय काभ्रेले एक जिल्ला बाट अर्को जिल्ला पैदल आवतजावत समेत रोक लगाइसकेको छ।

    यस्तै तेमाल गाउँपालिका वडा नम्बर ५ का कोकाम, ल्हाप्से, गिम्दी, थिल्वार लगायतका गाउँका प्रवेश नाकाहरु अत्यावश्यक साधन बाहेक पूर्ण रुपमा बन्द गरेको स्थानीय युवाहरुले बताएका छन् । सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारी बनाउन युवाहरूले देखाएको सकृयतालाई वडाध्यक्ष प्रविन लामाले धन्यवाद दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार