२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

भरतपुर अस्पतालमा अख्तियारको छापा


२५४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्‍त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ ।

    ती सबै कागजात लिएर टोली हेटौंडा फर्किएको अख्तियार हेटौंडाका प्रमुख शिवकुमार कार्कीले जानकारी दिए । कोरोना विशेष अस्पतालका विभिन्न सामग्री कर्मचारीले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । यस अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार