२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

फर्जी कागज नवनाएको भन्दै ज्यान मार्ने धम्की, धम्कीको कारण स्वास्थ्य कार्यालय बन्द


२३८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३१, बुधबार मा प्रकाशित ४ साल अघि
  • बाँके- खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको हो । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग सुरक्षा माग गरेका थिए ।

    उनीहरुले कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको धम्की दिएको र कार्यालयमा आई कर्मचारीमाथि अभद्र व्यवहार गरेको स्वास्थ्यचौकी इञ्चार्ज सुदीप पौडेलले बताए । कार्यालय परिसरमै आएर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि आजदेखि स्वास्थ्यचौकी बन्द गरिएको छ ।

    कार्यालय परिसरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएकाले सुरक्षाको प्रत्याभूति दिलाउन धम्की दिनेमाथि कानूनी कारवाही गर्न यसअघि इलाका प्रहरी कार्यालय धनौलीमा लिखित निवेदन दिइएको थियो । चौकी इञ्चार्ज पौडेलका अनुसार स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई स्वास्थ्यचौकी मै जन्मेको प्रमाणीकरण गरिदिन दवाब दिएपछि उक्त दवाब आफूले अस्वीकार गर्दा भाटसहितका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।

    वैशाख २६ गते स्वास्थ्यचौकीमा प्रसूति गराउन आएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले सुत्केरी व्यथा नलागेको भन्दै घर फर्काएका थिए । घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै शिशु जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुर्व्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको थियो ।

    कोरोना भाइरसको संक्रमणका आशंकामा स्वास्थ्यकर्मीले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ । इप्रका धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक प्रहरी पोषणराज थपलियाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार