काभ्रे । कोरोना भाईरसको कारण काभे्र जिल्लामा १२ जनालाई क्वारेन्टाईन र ४ जनालाई आइसोलेसनमा राखी उपचार हुंदै गरेको जानकारी प्राप्त भएको छ ।
स्थानिय तहमा पछिल्लो समयमा आरडिटि परिक्षणलाई तिब्रता दिंदा सो परिक्षणबाट पोजेटिभ भेटिएकालाई क्वारेन्टाईनमा राखिएको छ, भने केहि समस्या भएकालाई धुलिखेल अस्पतालमा ४ जना लाई आइसोलेसनमा राखि उपचार गरेको छ ।
क्वारेन्टाईनमा रहनेहरुमा पाँचखाल नगरपालिका बाट २, बनेपा स्थित शिरमेमोरियल अस्पतालबाट १, चौरीदेउरालि गाउंपालिकाबाट ७ र नमोबुद्ध नगरपालिकाबाट २ रहेका छन् ।
क्वारेन्टाईनमा रहेका १२ जनाको पिसिआर परिक्षण गरिसकेको छ तर रिपोर्ट आउन भने बाँकी रहेकोले क्वारेन्टाईनमा राखिएको स्रोतले बताएको छ । केही दिन अगाडी पनौती र पाँचखालमा भएको आरडिटि परिक्षणमा पोजेटिभ देखिएकाको पिसिआर गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
प्रतिक्रिया दिनुहोस