९ जेठ, कैलाली ।प्रहरीको थुनुवा कक्षमा रहेका थुनुवालार्ई कोरोना संक्रमण भएको पाईएकोले प्रहरी कार्यालय सिल गरीएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका शिवनाथ गाउँपालिका वडा नं १ का २२ वर्षीय युवकमा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
थुनुवामा संक्रमण देखिएपछि प्रहरी समेत अशुरक्षीत भएको भन्दै जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।
उपरिक्षक पाण्डेले भने—संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण गर्न माग गरेका छौ । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यान मुद्धामा पक्राउ गरेको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।
प्रतिक्रिया दिनुहोस