कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोले ढिस्कोले पुरिँदा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
ढिस्कोले पुरिएर अन्य दुई जना पनि घाइते भएका थिए । घाइतेहरु १९ वर्षीय कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगानाको अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस