२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

भारतिय क्वारेन्टाइनमा नेपालीको मृत्यु


२२१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • टवल । भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ ।  रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको आज -शनिबार  मृत्यु भएको भारत नौतनवाका एसडीएम जसधीर सिंहले बताए ।

    हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टाइनमा बसेका चिसापानीका एकजनाको मृत्यु भएको जानकारी पाएको बताएका छन् ।   उनले थप जानकारी लिने प्रयासमा रहेको बताए । ती युवा जेठ ५ गते नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टाइनमा ल्याएपछि मृत्यु भएको बताइएको छ ।

    हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो । हाल सीमानाका सुनौली नजिकैको नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार