२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

सवारी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु


२४२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • १२ जेठ, फिदिम । इलाम–पाँचथर सीमावर्ती राँके बजारमा ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा ड्युटीमा रहेका एक प्रहरी हवल्दारको ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हवल्दार नवीन बस्नेतको दुर्घटनामा मृत्यु भएको हो ।

    लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न बस्नेत एक स्थानीयको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए । राँके बजारको चामु होटल छेउमा बस्नेत सवार मे ११ प ४६६ नम्बरको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे १ ख १८६३ नम्बरको ट्रक ठोक्किँदा बस्नेत गम्भीर घाइते भएका थिए ।

    उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिए । प्रहरी हवल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु