२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

लकडाउन अवधिभरको बैंकको ब्याजमा मिनाहको लागि ज्ञापन पत्र


३५१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे। क्षेत्रीय होटल संघद्वारा नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ। कोभिड १९ महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको र यस क्षेत्रमा ४ अर्ब बैंकको रिन मात्र लगानी भएको ले बैंकको ब्याजपनि तिर्न नसक्ने गरी धराशायी अवस्थामा आएकाले प्रमुख जिल्ला अधिकारी मार्फत् पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र उधोग तथा वाणिज्य मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको हो ।

    कोभिड–१९ का कारण जिल्लामा सञ्चालित होटल व्यवसायहरु धराशायी बन्दै गएको भन्दै ७ बुँदासहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा उल्लेख भएअनुसार लकडाउन अवधिभरको बैंकको ब्याजमा मिनाह र साँवाको भाका कम्तीमा पनि २ वर्षको थप गर्न वा मिनाहाकालागि आग्रह गरिएको छ साथै सबै होटल ब्यबसायीहरुलाई राष्ट्र बैंकबाट सहुलियत सुबिधा पाउने पुर्नकर्जाको ब्यबस्था गर्ने लगायत कर छुट, घरभाडा छुट र बिघुत महसुल छुट लगायत माग प्रस्तुत गरिएका छन्। त्यसैगरी आसन्न नीति तथा कार्यक्रमभित्र व्यवसायीहरुका समस्याहरुलाई सम्बोधन गर्नको लागि प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री समक्ष माग गरिएको छ । क्षेत्रीय। होटल संघले यो विपद्को घडिमा होटल व्यवसायीहरुको समस्याहरु मनन गर्दै के गर्दा सहज स्थिति सिर्जना गर्न सकिन्छ, सोही बमोजिम समर्पित हुने आशय ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

    सो ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले र धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले आफूले सम्बन्धित निकायसम्म व्यवसायीहरुका समस्या पुर्याउने र सानातिना सम्बोधन गर्न सकिने समस्याहरुलाई जिल्ला र नगरबाटै समाधान गरिने समेत बताउनुभएको थियो । उक्त ज्ञापन पत्र बुझाउने क्रममा क्षेत्रीय होटल संघसँग आबद्ध पर्यटन व्यवसायी, उद्यमी लगायत कार्यसमितिको उपस्थित रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार