२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

चोरी गरेको ७ वटा बाख्रा,बोका सहित चोरीमा संलग्न हुनेहरु समेत प्रहरीको फन्दामा


२४४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । खोरमा बाधिराखेको बोका र बाख्रा गरी ७ वटा चोरेर लादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरी आवश्यक कारवाही प्रकृया अगाडी बढाएको छ ।

    आज (बिहिबार) विहानको समयमा काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ०७ मा रहेको बिबेक तामाङको घरमा रहेको बाख्राको खोरबाट ३ वटा बोका र ४ वटा बाख्राचोरी भएको थियो ।

    बोका बाख्रा चोरी भएको बिषयमा प्रहरीलाई जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको अनुसन्धान टोलीले खोजतलास गर्दै जाँने कानपुरबाट भकुण्डेतर्फ जादैगरेको बा.१६.च ८८३० नं. को बोलेरो गाडी चेकजाँच गर्दा ३ वटा खसी बोका र ४ वटा बाख्रा फेला पारेको थियो ।

    बोलेरो चालकसंग खसिबाख्रा कहाँबाट ल्याएको भनि प्रहरीले सोध्दा चोरी गरेर ल्याएको खुल्न आई का.प.जि. रोशी गा.पा. ०९ बस्ने देवि बहादुरको छोरा बर्ष २२ को सजिन शाह ठकुरी र का.प.जि. धुलिखेल न.पा. ०२ रविओपी बस्ने कामी सिं को छोरा बर्ष २७ को डिल बहादुर तामाङ लाई पक्रिएर आवश्यक कारवाहि अगाडी बढाएको छ ।

    त्यसैगरी चोरीको खसि बाख्रा ढुवानी गर्न प्रयोग भएको गाडी बा.१६.च. ८८३० नं. को बोलेरो र बा.१४.च. ६८५७ नं. को बोलेरो गाडीसहित बरामद गरी आवश्यक कारवाही प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु