२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२


२३८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १६ जेठ, काठमाडौं । हिजो बिहिवार दिउंसो देखि आज सम्म नेपालमा कोरोना रोग संक्रमण हुनेको संख्या १७० जना पुगेसंगै जम्मा कोरोना रोग संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलवस्तुमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भरतपुरमा गरिएको परीक्षणमा २३ देखि २६ वर्षका चार जना र राप्तीमा गरिएको परीक्षणमा विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । भैरहवामा गरिएको परीक्षणमा १७ देखि ४४ वर्षका १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कचनाकवल गाउँपालिकाका १८ र ४१ वर्ष उमेरका २४ जना र तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण कोशी अस्पताल, विराटनगरमा भएको थियो ।यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

    पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका २७ देखि ४५ वर्ष उमेर समूहका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण्म पुष्टि भएको छ । उनी अहिले पाटन अस्पतालमै रहेको पाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार