२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो


२२८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • दैलेख — दुल्लु नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा शनिबार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । शनिबार स्वाबको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।

    ‘रिपोर्ट पोजिटिभ आउनेबित्तिकै हामीले शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेका छौं,’ उनले भने, ‘यसको लागि दैलेख जिल्ला प्रशासन कार्यालय र नगरपालिकासँग नियमित सम्पर्क भइरहेको छ ।’ ती व्यक्तिमा कोरोना पुष्टिसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु