पाँचखाल/विश्वमा महांमारिको रुपमा फैलिएको कोरोना रोग नियन्त्रणको लागि सरकारले चैत्र ११ गते देखि गरेको लकडाउनको कारण बैंकहरुले समेत सेवाग्राहीलाई नियमित रुपमा सेवा दिन सकेको थिएन ।
बैंकहरुले नियमित रुपमा सेवा प्रदान गर्न नसक्दा सेवा ग्राहिहरुलाई समस्या परेकोले सहजताको लागि पाँचखाल उद्योग वाणिज्य संघ र नेपाल बैंक पाँचखाल शाखा समक्ष भएको सहमजितको आधारमा पाँचखालमा हप्तामा तीन दिन सेवा दिने भएको छ ।
पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीका अनुसार हप्तामा दुई दिन (सोमबार र मंगलबार) मात्रै नेपाल बैंकले सेवा दिदा सेवाग्रहिहरुलाई समस्या परेकोले हप्तामा थप एकदिन सेवा दिनको लागि गरेको अनुरोधलाई बैंक प्रशासनले सहमती गरेको छ । अव नेपाल बैंक पाँचखाल शाखाले आगामी हप्ता देखि हप्ताको तीन दिन (सोमबार, मंगलबार र बुधबार) विहान ११बजेदेखि दिउंसो २ बजेसम्म सेवा दिने भएको उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस