२० जेठ, काठमाडौं । १० करोड २७ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको पारिश्रमिक र भत्ता लगायतको बचत, कर्जा शेयर बिक्री सबै गर्दा चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ आय आर्जन गरेको देखिएको छ ।
यो खाताबाट मात्र उनले जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिलाई ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारले बताएको छ । उनले तनहुँ मालपोत कार्यालयमा कार्यरत रहँदा आयश्रोत बढाउन न्यूनतम राजश्व तिरेर अरुको जग्गा आफ्नो नाममा ल्याउने र महंगो मुल्यमा बेचेको समेत देखाएको पाइएको छ । डेकबहादुर गुरुङ र उनकी श्रीमतीको नाममा दर्ता भएको जग्गा खरिद बिक्री कारोबार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य १ लाख ९७ हजार उल्लेख गरी आफ्नो नाममा ल्याएका थिए ।
केही समयकै अन्तरमा उनले त्यही जग्गा डेकेन्द्र, उनकी श्रीमती, डेकेन्द्रका दिदीभिनाजु र बहिनीमको नाममा एक करोड ६८ लाखमा बिक्री गरेको लिखत बनाएका थिए । यो बदनियत तवरले आयस्रोत बढाउन गरेको अख्तियारको दाबी छ । र, ढकालसँगै उनकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्याल समेतलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
प्रतिक्रिया दिनुहोस