२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

१०९ सवारी साधन प्रहरी कारबाहीमा


२७३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे/इलाका प्रहरी कार्यालय बनेपाले आज (मंगलबार) लकडाउन उलंघन गर्ने १ सय ९ सवारी साधनलाई कारबाही गरेको छ ।

    बनेपाको चारदोवाटोमा मंगलबार बिहानै बाट इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख (प्रनानी) इनिस्पेक्टर योगेन्द्र तिम्सिनाको नेतृत्वमा आएको प्रहरी टोलीले लकडाउन उलंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिएर कारवाही गरी छाडेको छ ।

    इलाका प्रहरी प्रमुख तिम्सिनाको अनुसार लकडाउन उलंघन गर्ने ८७ मोटरसाईकल, १८ स्कुटी, ३ वटा कार र १ टेम्पो नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई जिम्मा लगाएको बताउनु भयो ।
    लकडाउन उलंघन गर्ने सवारीहरुलाई मंगलबार साँझ ६ बजे ट्राफिक नियम अनुसार प्रत्तेक सवारीलाई रु १ हजारको दरले जरिवाना गरी पठाएको थियो । उक्त सवारी साधनहरुलाई पठाउने क्रममा प्रहरीले लकडाउनको उलंघन गरी आफ्नो र आफन्तको स्वस्थ्यमा समस्या ननिम्त्याउन सुझाव दिएको थियो ।

    कोरोना रोग नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको उलंघन गर्नु भनेको कोरोना संक्रमण बढाउनु भएकोले रोगको नियन्त्रणको लागि प्रहरीलाई सघाउन सवारी धनिहरुलाई सुझाव दिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु