२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

क्वारिन्टाईनमै एकको मृत्यु


२०९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • २३ जेठ, काठमाडौं । जुम्लामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।
    चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको वडाध्यक्ष नरजित दमाईले जानकारी दिए । वडाध्यक्ष नरजितका अनुसार उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए ।

    बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पुर्‍याएका थिए । वडाध्यक्ष नरजितका अनुसार मृतक वृद्ध गत मंसिरमा आफन्तको घर बर्दिया गएका थिए । मृतक वृद्धसहित सो क्वारेन्टिन स्थलमा सात जना बस्दै आएको वडाध्यक्ष नरजितले बताए ।

    जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, ‘क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको छ, उनी दमको रोगी रहेछन् । लामो समयदेखि औषधि पनि सेवन गर्दै आइरहनु भएको रहेछ । कोरोना परीक्षणका लागि चिकित्सकको टोलीले उनको स्वाब संकलन गरिसकेको छ ।’कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको चिकित्सकको टोलीले मृतक वृद्धसहित क्वारेन्टिन स्थलमा बसेका सबै जनाको स्वाब संकलन गरिसकेको उनले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार