२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कोरोनाको कारण थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो


२९८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

    स्याङ्जाको वालिङ नगरपालिकाका ती व्यक्तिमा आइतबार कोरोना संक्रमित पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारका लागि भर्ना गरिएको थियो ।हालसम्म सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

    प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले सोमबार बिहानै विज्ञप्तिमार्फत मृत्युको पुष्टि गरेका हुन् । प्रदेशभरि हालसम्म ११४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४ सय ६७ जना निको भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु