२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

सिमामा बेहोस भएर एकको मृत्यु


२४६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • २७ जेठ, कैलाली । भारतबाट फर्किएका एक वृद्धको मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

    कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किँदा बेहोस भएका डोटीको आदर्श गाउँपालिका-७ का ७५ वर्षीय गर्भे विकको उपचारको क्रममा मृत्यु भएको अस्पतालका इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताए ।

    भारतको तमिलनाडुबाट फर्किएका उनी सीमा क्षेत्रमै बेहोस भएका थिए´ बोहराले भने `उपचारकै क्रममा साझ ६ बजे मृत्यु  भएको हो ।´बोहराले विकमा दम, उच्च रक्तचाप र मिर्गौलाको समस्या देखिएको बताए ।

    उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए । कोरोनाको लक्षण नदेखिएको र आरडीटी रिपोर्ट पनि नेगेटिभ आएकाले पीसीआर परीक्षण नगरिने उनले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु