२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

विरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी


२१९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • २८ जेठ, वीरगन्ज । वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद भएको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो । गाँजासहित तीन जनालाई पक्राउ पनि गरेको छ ।

    वीरगन्ज महानगरपालिका वडा नं. २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले बुधबार बिहानपख करिब पौने ३ बजेतिर गाँजा बरामद गरेको डीएसपी गौतम थापाले जानकारी दिए । एम्बलुन्स र गाँजा बुधबार बिहान प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो ।

    प्रहरीले गाँजा र एम्बुलेन्ससहित तीन जना व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो छन् ।

    पत्रकार सम्मेलनमा डिएसपी थापाले लकडाउनको बेला सुविधाको गाडी प्रयोग गरेर यस्ता गतिविधि गर्ने सन्जाल नै हुनसक्ने भएकाले निगरानी बढाइएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार