२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४


२०६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — पछिल्लो २४ घन्टामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ४ हजार ३६४ पुगेको जनाए ।

    आज सक्रमित भए मध्य २ सय ५७ पुरुष र महिला २२ जना छन् ।प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा थपिएको संख्यासहित नेपालमा संक्रमितको संख्या ४३ सय ६४ पुगेको छ ।

    संक्रमित हुनेमा मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् ।

    त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र उदयपुरका ३ जना रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार