असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् ।
आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले चैत ११ गते लकडाउन सुरु गरेदेखि अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालय बन्द थिए ।
प्रतिक्रिया दिनुहोस