२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

डिउटीमा रहेका सैनिकको छातीमा गोली लागी मृत्यु


२२२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको ड्यूटिमा रहेका  एक सैनिक छातिमा गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।

    सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्यूटीमा खटिएका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् । बैतडीको सुर्मा गाउँपालिका – ५ का उनले आत्महत्या गरेको हुनसक्ने पाण्डेले जनाएका छन् ।

    ‘ड्यूटीमा खटिएका विष्टले मध्यराति आफैँले आफैँलाई गोली हानी आत्महत्या गरेको हुनसक्ने देखिन्छ, टिचिङमा पोष्टमार्टमको तयारी भएको छ, रिपोर्ट आएपछि विस्तृत खुल्छ,’ पाण्डेले खबरहबसँग भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार