काठमाडौँ — संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन् । शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले गिरीको संशोधन प्रस्ताव खारेज गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।
प्रतिनिधिसभाको विधेयक शाखाबाट आएको टिप्पणीमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र महासचिव भरतराज गौतमको राय हेरेपछि सभामुखले उक्त निर्णय लिएका हुन् ।
गिरीको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका शर्त विपरीत रहेको टिप्पणी विधेयक शाखाबाट गएको थियो । सांसद गिरीको संशोधन प्रस्तावनियमावली विपरीत भएकाले सभामुखले खारेज गर्नसक्नेकानूनविद्ले बताएका थिए । विगतमा पनि यसरी आएका संशोधन प्रस्ताव सभामुखबाट खारेज हुने गरेका विधेयक शाखा प्रमुख उपसचिव नारायणप्रसाद ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस