२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५, थप दुइको मृत्यु, मृत्यु हुनेको संख्या १८ पुग्यो


३०८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • ३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।

    यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।

    पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

    यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ ।यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार