२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

जनताको समस्या नै हाम्रो समस्य हो- सांसद लम्साल


७६०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे। नेपाली जनताको समस्या नै हामी जनप्रतीनिधिको समस्या हो, त्यस्ता समस्या समाधानको लागि हामी निरनतर रुपमा लाग्छौ ।

    वागमती प्रदेश सांसद अक्ष्मण लम्सालले पाँचखालको वडा नं ६ मा खानेपानीको लागि सुरु गरिएको डिप बोरिङ्गको सिलन्यास गर्ने क्रममा बताउनु भएको हो । सांसद लम्सालसंगको भेटमा उहाँले नवशंकेत अनलाईनसंग भन्नुभयो पाँचखाल नगरपालिका वडा नं ६ को तिनपिप्ले, पौडेलथोक, एकता बस्ति लगाएतको स्थानमा पिउने पानीको अभाव भएकोले सो समस्या समाधानको लागि प्रदेश मार्फत ५० लाख बजेटको व्यवस्था गरेको जानकारी गराउनु भयो ।

    सांसद लम्सालले भननुभयो कुनैपनि परियोजना सफलपार्न सवैको सहयोग साथै हातेमालो आवश्यक हुने बताउनु भयो । परियोजना सफल पार्न गरिने कामको साथै स्वास्थ्यको बिषयमा समेत ध्यान दिनुपर्ने बताउनु भयो । जनताका हरेक समस्या आफू सधैँ साथै हुने र जनताको माग अनुसारको काम गर्न आफू तयार रहेको बताउनु भयो ।

    सिलन्यास कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, नेकपा काभ्रेका सदस्य मणि गौतम, नेकपाका नेत्तृ भक्तकुमारी लामा लगाएतका नेताहरु, खानेपानी उपभोक्ता समितका अध्यक्ष कल्पना श्रेष्ठ लगाएतका समितिका अन्य पदाधिकारीहरु साथै स्थानियहरुको उपस्थिति रहेको थियो । सो परियोजना सम्पन्न भएपछि करिव ३ सय घरधुरिलाई पिउने पानिको व्यवस्था हुने छ ।

    परियोजनाको सम्पुर्ण जिममेवारी पाथीभरा डिलिङ एन्ड कन्स्ट्रक्सन प्रा.लीले पाएको छ । प्रा ली प्रबधक निर्देशक गोबिन्द्र चौलागाईंका अनुसार डिप बोरिङबाट प्रति सेकेन्ड ५ लिटिरसम्म पानी निकाल्न सकिने बताउनु भयो । १८० मिटर गहिरो डिबोरिङ, ६०० मिटरको पाइप लाइन तथा २० एच पी लिफ्टिङ पम, बोरोङबाट १०० मिटर उचाईमा पानी लिफ्ट गरि १ लाख लिटरको ट्यांकीमा जम्मा गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार